site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प
Argakhachi Cement Island Ad

काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बुधबार साँझ ७:५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । 

भूकम्प मापन केन्द्रका अनुसार बुधबारसम्म झन्डै ४६६ भन्दा धेरै परकम्प मापन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्