site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोट भूकम्पबाट झन्डै ६२ हजार घरमा क्षति, साढे २६ हजार घर ध्वस्त

काठमाडौं । जाजरकोट भूकम्पबाट झन्डै ६२ हजार घर क्षतिग्रस्त भएका छन् । गत शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ६१ हजार ९२३ हजार घरमा क्षति पुगेको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । 

शाखाका अनुसार ३५ हजार ३९५ घरमा आंशिक क्षति पुगेको छ भने २६ हजार ५२८ घर पूर्णरूपमा ध्वस्त भएका छन् । 

Argakhachi Cement Island Ad

सबैभन्दा धेरै जाजरकोटमा ३४ हजार ५०४ घरमा क्षति भएको छ । तीमध्ये २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ भने ९ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसपछि रुकुम पश्चिमममा २६ हजार ५३१ घरमा क्षति भएको छ । तीमध्ये ९ हजार ९६१ घरमा आंशिक क्षति भएको छ । बाँकी १६ हजार ५७० घर पूर्णरूपमा ध्वस्त भएका छन् ।

भूकम्पबाट १५३ जनाले ज्यान गुमाएका छन् भने ३६४ जना घाइते छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्