site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मंसिर १४ देखि एमालेले 'मध्यपहाडी लोकमार्ग अभियान' चलाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

“निराशाको खेती मौलाइरहेको छ । भइरहेका कामको उजागर गरेर राम्रो सन्देश दिने उद्देश्य छ,” उनले भने । 

ज्ञवालीका अनुसार मंसिर १४ गते बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्