site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्प : २६ हजार ५२० घर पूर्ण ध्वस्त 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ । 

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो । 

विवरण आउने क्रम जारी रहेकोले क्षति भएका घरको संख्या अझ बढ्ने जनाइएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

शाखाका अनुसार जाजरकोट भूकम्पले २६ हजार ५२० घरमा आंशिक क्षति गरेको छ भने २६ हजार ५२० घरमा पूर्ण क्षति गरेको शाखाले जनाएको छ । 

भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम गरी १३ जिल्लामा असर गरेको थियो । 

Royal Enfield Island Ad

शाखाका अनुसार भूकम्पले सबैभन्दा ठूलो जनधनको क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । 

जाजरकाटेमा २४ हजार ७०७ घरमा आंशिक र ९ हजार ७९४ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ । 

शाखाले उपलब्ध गरेको विवरणअनुसार रुकुम पूर्वमा १८२ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति, सल्यानमा ४१८ घरमा आंशिक र १२९ घरमा पूर्ण, रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति गरेको छ । 

यस्तै, नवलपरासी पूर्वको एक, दैलेखको एक, दाङको सात र प्युठानको ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । दैलेखको एक, बैतडीको एक, जुम्लाको पाँच र कालिकोटको एक घरमा पूर्ण क्षति गरेको छ ।

भूकम्पले संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए । भूकम्पका कारण विभिन्न जिल्लामा १४ वटा सरकारी भवन भत्केको शाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro