site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानबाट खस्किए बाबर आजम
SkywellSkywell

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम अढाइ वर्षपछि आईसीसी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानबाट खस्किएका छन् ।

आईसीसीले बुधबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार एकदिवसीय ब्याटिङतर्फ आजमलाई उछिन्दै भारतका यूवा ब्याटर सुभमन गिल शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि आजम सन् २०२१ अप्रिल १४ यता एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा थिए । त्यसबेला आजमले भारतका विराट कोहलीलाई पछि पार्दै शीर्ष वरीयतामा उक्लिएका थिए ।

KFC Island Ad
NIC Asia

बुधबारको नयाँ वरीयताअनुसार शीर्ष स्थानका गिलको ८३० अंक छ । दोस्रो स्थानमा झरेका आजमको ८२४ अंक छ । वरीयताको तेस्रो स्थानमा क्विन्टन डी कक, चौथोमा विराट कोहली र पाँचौँमा डेबिड वार्नर छन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका तीन ब्याटर अटाएका छन् । नेपाली टिमका ओपनर आसिफ शेख वरीयताको ७२औँ स्थानमा छन् । यस्तै, ८३औँ स्थानमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल ९८औँ स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro