site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चीनले नेपाललाई दियो ४० करोड बराबरको राहत सामग्री
Sarbottam CementSarbottam Cement

पोखरा । चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री प्रदान गरेको छ । बुधबार चिनियाँ सेनाको दुई वटा विमानबाट राहत सामग्री पोखरा ल्याइएको हो ।

चीनले ३० करोड मूल्य बराबरको सामग्री पोखरा र १० करोड बराबरको सामग्री केरुङ नाका हुँदै ल्याएको हो । राहत सामग्री जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितलाई वितरण गरिने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो सामग्री चिनियाँ राजदूत छन् सङबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् । सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे । 

"नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको छ," उपप्रधानमन्त्री श्रेष्ठले भने । 

Global Ime bank

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधै साथ सहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएरसमवेदना जाहेर गरेको उनले बताए । 

China-Saman1-1699431280.jpg

दुईवटा एयरक्राफ्टबाट चार हजार ६०० ब्लांकेट र ६०० टेन्ट आएको छ । यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ । जसमा दुई हजार ३०० टेन्ट, दुई हजार ब्लांकेट, ७०० टर्पलिन, ५०० वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् ।

आज बिहान काठमाडौं आइपुगेको उक्त सामग्री र पोखरा आएको सामग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement