site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटी अन्तिम दुई खेलअगावै अन्तिम–१६ मा 

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम दुई खेलअगावै यूईएफए च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाएको छ ।

मंगलबार १० खेलाडीमा सीमित योङ ब्वाइजविरुद्ध ३–० को जित निकाल्दै सिटी अन्तिम–१६ मा पुग्ने पहिलो टिम बनेको हो । घरेलु मैदान इत्तिहादमा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्डले दुई गोल गरे । फिल फोडेनले एक गोल थपे । 

खेलको २३औँ मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा इन्जुरी समयमा फोडेनले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे । यस्तै, हाल्यान्डले ५१औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरे । 

खेलको ५३औँ मिनेटमा योङ ब्वाइजका सान्ड्रो लौपेरले रातो कार्डको सामना गरेका थिए ।

समूह ‘जी’ मा चार खेलबाट चार जितसहित १२ अंक जोडेको सिटी तालिकाको शीर्ष स्थानमा छ । पुछारको योङ ब्वाइजले एक अंक जोडेक छ । 

मंगलबार नै भएको समूहको अर्को खेलमा आरबी लाइपजिगले सर्भेना जभेज्डालाई २–१ ले हराएको छ । 

जितसँगै चार खेलबाट नौ अंक जोडेको लाइपजिग तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट एक अंक जोडेको जभेज्डा तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro