site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शीर्ष नेताहरूलाई गगनले भने– एउटामात्र राम्रो काम गर, व्यवस्थाविरुद्धको आवाज आफैँ हराउने छ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताहरूलाई एकजुट भएर राम्रो काम गर्न आग्रह गरेका छन् । प्रमुख दलका शीर्ष नेताहरूले एउटामात्र राम्रो काम गरे अहिलेको व्यवस्था बलियो हुने थापाको भनाइ छ । 

मंगलबार राति फेसबुकमा उनले लेखेका छन्, "यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्ने छ। र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जाने छन् । आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुने छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिलेका शीर्ष नेताहरूले गणतान्त्रिक व्यवस्था स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको तर अब उनीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । 

"मैले भन्दै आएको छु, फेरि भन्छु– तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनुभयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन," थापाले भनेका छन् 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement