site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकका ग्राहकलाई 'दराज ११:११' मा २० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइने बैंकले बताएको छ ।

Argakhachi Cement Island Ad

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा दुई हजार ५०० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

बैंकका कार्ड भएका ग्राहकले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । उक्त भौचर चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागु हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्