site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोल्यान्ड पठाउने भन्दै ३८ लाख लिएर 'फरार' भएकी महिला पक्राउ

काठमाडौं । पोल्यान्ड पठाउने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro