site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्बदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताए ।

“नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक थियो,” उनले भने, “यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिवद्धता व्यक्त भयो । यसलाई निरन्तर बैठक राख्नुपर्छ, हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन ।”

बैठक कसैसँग डराएर नभई समीक्षा गर्नका लागि बसेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro