site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले भन्यो– ​​​​​​​सरकारका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखियो
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले सरकारको अकर्मण्यताका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखिएको बताएको छ । सिंहदरबारमा तत्कालीन शान्ति प्रक्रियामा हस्ताक्षर गरेका दलहरूको बैठकमा सरकारलाई विधिबाट अघि बढ्न एमालेले आग्रह गरेको छ । 

“सरकार गलत ढंगबाट अघि बढेको छ । सरकारले डेलिभरी दिन नसक्दा निराशा छाएको छ । चाडबाडमा चिनी पाइँदैन । यो देशमा सरकार छ ?,” एमाले सचेतक महेश बर्तौलाले भने, “सरकारका कारण जनतामा व्यवस्थाप्रति आक्रोश आयो । सरकारलाई कानुन विधिबमोजिम हिँड्न हामीले भन्यौँ ।”

Dabur Nepal
NIC Asia

उनले सामाजिक सञ्जालमा छाडापन मौलाएको, भड्काउने कामहरू भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । बर्तौलाले जनताले लडेर ल्याएको व्यवस्था कसैले खोस्न नसक्ने पनि बताए । 

“नागरिकले लडेर ल्याएको व्यवस्था हो । दाइजो आएको व्यवस्था होइन । कसैले खोस्न सक्दैन । सरकारका कारण नागरिकमा बढेको वितृष्णा हटाउन जरुरी छ,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu