site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाजरकोट पुगेर राष्ट्रपतिले गरे अस्पतालका घाइतेसँग भेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले अस्पतालमा रहेका घाइतेहरूसँग भेट गरेका छन् । राष्ट्रपति पौडेलले घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

त्यसक्रममा घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति पौडेलले घाइतेहरूलाई पहिलो काम उपचार र राहत  भएको बताए । त्यसपछि आवश्यक बसोबाससहितका अरू व्यवस्थापनका निम्ति आफूले सरकारसँग कुरा गर्ने उनले बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपतिलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पका कारण भएको क्षतिका बारेमा जानकारी गराएका थिए । घाइतेको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।

Global Ime bank

गएको शुक्रबार रातिको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल मंगलबार सुर्खेत हुँदै जाजरकोट पुगेका हुन् । उनले सदरमुकाम खलंगा, रामीडाँडा, नलगाड र रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिने पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।

यही कात्तिक २२ गतेदेखि हुने तालिका रहेको आफ्नो युरोप भ्रमण राष्ट्रपति पौडेलले भूकम्पपछि स्थगित गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement