site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जग्गा रजिस्ट्रेसनको रकम गायब पार्ने सातविरुद्ध मुद्दा, नायब सुब्बाविरुद्ध साढे पाँच करोड बिगो दाबी
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष ०७१/०७२ मा जग्गा किनबेचका क्रममा रजिस्ट्रेसन तथा पुँजीगत लाभकरबापतको रकम दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

तत्कालीन मालपोत अधिकृत हरिनायण मिश्रसहितले एउटै रजिस्ट्रेसनमा एकभन्दा बढी लिखत पारित गरी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ । उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो कायम गरी अख्तियारले दोब्बर जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

KFC Island Ad
NIC Asia

पर्सा मालपोत कार्यालयका अर्का अधिकृत भूपबहादुर बोगटीलाई पनि विपक्षी बनाइएको छ । बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।

अर्का अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

Royal Enfield Island Ad

यस्तै, अर्का अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

अर्का मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२ रुपैयाँ बिगो कायम गर्दै दोब्बर जरिवाना दाबी गरिएको छ ।

अर्का मालपोत अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

मृत्यु भइसकेका तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ बिगो कायम गरी उनका छोराहरूबाट असुल गर्न मागदाबी गरिएको छ । उपाध्यायका छोराहरू राजकिशोरप्रसाद,  गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसाद उपाध्ययलाई पनि बिगो असुलउपरका निम्ति विपक्षी बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro