site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द्वन्द्वपछिको गाजा स्वतन्त्र प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्छ : एर्दोगान

काठमाडौं । इजरायल–हमास द्वन्द्व समाप्त भएपछि गाजा एक स्वतन्त्र, सार्वभौम प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्ने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् । उनले गाजालाई एक शान्तिपूर्ण क्षेत्रका रूपमा हेर्न चाहेको बताएका हुन् ।

गाजा प्यालेस्टाइन राज्यको हिस्सा भएको उनले उल्लेख गरे । उनले गाजापट्टीमा इजरायलको आक्रमणपछि त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै पनि हिसाबले टर्कीको समकक्षीका रूपमा लिन नसकिने बताए । अन्तर्राष्ट्रिय कूटनीतिमा पूर्ण रूपमा सम्बन्ध तोड्ने कुनै काम नहुने उनको भनाइ छ ।

टर्कीका राष्ट्रपतिले आफूहरूको मुख्य लक्ष्य इजरायल–प्यालेस्टाइन मुद्दामा अन्तिम शान्ति स्थापना गर्नु रहेकामा जोड दिए । आफ्नो देशले यस सम्बन्धमा प्रयास जारी राख्ने उनले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro