site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम घट्दै, चिसोबाट बच्न सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ । 

“चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट बच्न सतर्क रहनु पर्ने देखिन्छ,” मौसमविद् राजु प्रधानाङ बाह्रखरीसँग भन्छन्, “आज बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । तुलनात्मक रुपमा हिजोभन्दा आज तापक्रम केही बढे पनि अब क्रमशः तापक्रम घट्दै जान्छ ।”
 
आइतबार (हिजो) काठमाडौंको तापक्रम १०.८ डिग्री सेल्सियस थियो । 

यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टुबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि नै छ । 

नेपालमा अहिले पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपात भइरहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro