site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आठबिसकोटका भूकम्पपीडितले पाए राहत
Siddhartha BankSiddhartha Bank

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन् । नगरपालिकाले आज भूकम्प प्रभावित क्षेत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो ।

मृत्यु भएका २०  घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका  ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको आठबिसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

Agni Group
NIC Asia

उनका अनुसार मृतक प्रत्येक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ  बस्नको लागि टेन्ट उपलब्ध गराएको हो । अन्य पूर्णरूपमा घर क्षति भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहाले जानकारी दिए । 

नगरपालिकाको प्रभावित क्षेत्रमा पुगेर आज ७० बोरा चामल, दुई क्विन्टल दाल, नुन, तेललगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाको ९, १० र १२ नम्बर वडाका केही ठाउँमा पीडितलाई राहत वितरण गर्न  बाँकी रहेको छ । 

Global Ime bank

आज नगरपालिकाको ११, १३ र १४ नम्बर वडाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए । बाँकी रहेको क्षेत्रमा भोलि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा विभिन्न सङ्घ संस्थाबाट खाद्यान्न तथा राहत सामग्री आउने क्रम जारी छ  ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको  छ । रुकुम पश्चिममा भौतिक संरचनामा पुर्‍याएको क्षतिको विवरण भने अझै आइसकेको छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu