site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मंसिर २२ गतेको जनपरिचालन कार्यक्रम स्थगित गर्ने माओवादीको निर्णय 
माओवादीको पदाधिकारी बैठक । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौंमा गर्न लागेको जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । 

“भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,” उनले भने ।

Argakhachi Cement Island Ad

माओवादीले तीनमहिने पार्टी रूपान्तरण अभियानअन्तर्गत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो । 

त्यस्तै, बैठकले जाजरकोट भूकम्पका कारण अभियानअन्तगर्त चियापान, शुभकामना आदानप्रदान कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ । संगठनात्मक कार्यक्रम भने जारी राखिने उनले बताए । 

“भूकम्प प्रभावित क्षेत्रका साथीहरूले राहत, उद्धारमा खटिएर नै संगठनको काम गर्ने,” उनले भने, “अन्य ठाउँमा भने चियापान, शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने तर संगठनात्मक भने जारी राख्ने निर्णय गरेका छौँ ।”

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्