site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार ७०० थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान र नम्बर २२ गुह्वेश्वरी गणमा रहेको १० हजार थान त्रिपाल लिएर तीनवटा कन्टेनर प्रभावित क्षेत्रतर्फ गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

यसअघि, भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि र सुर्खेतबाट जाजरकोटका लागि दुईवटा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर पठाइसकिएको उनले बताए ।

अहिले पनि सशस्त्र प्रहरीका ५०० भन्दा बढी जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय छन् । नेपाल प्रहरीका एक हजारभन्दा बढी जनशक्ति परिचालित छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro