site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावितका निम्ति सहयोग गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितका निम्ति सहयोग गर्न अपिल गरेको छ । महासंघका सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी–व्यवसायी र व्यावसायिक संघ–संस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरिएको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्री सहयोग गर्न अपिल गरिएको छ ।

“...भूकम्प प्रभावित जनताहरूको सहयोगका लागि महासंघले आफ्ना तर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धारकार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “प्रभावित जनताहरूलाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्रीहरू सहयोग गर्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूमा हार्दिक अपिल गर्दछ ।”

यसरी सहयोग गर्न चाहनेले महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमाल (९८५१०४३५६३) र महासंघ सचिवालयका उपनिर्देशक माधव मुल्मी (९८४१३२९३३५)लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

महासंघले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएकाका आफन्तजनप्रतिसमवेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro