site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पको त्रास, सडकमा बास
तस्बिर : हेमन्त केसी/रासस ।
SkywellSkywell

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि पनि निरन्तर भूकम्पको धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

निरन्तरको धक्काले स्थानीयवासी त्रासमा छन् । घरहरू भत्किएका र चर्किएका छन् । शनिबार कतिपय स्थानीय सडकमै सुतेका देखिएको छ ।

KFC Island Ad
NIC Asia

जाजरकोटको भेरी नगरपालिका–३, थाप्लेका सर्वसाधारण भूकम्पको त्रासले सडकमा सुत्दै गरेको राससका पत्रकार हेमन्त केसीले खिचेको तस्बिरमा देखिन्छ ।

राससकै अर्का पत्रकार सुरेश आचार्यले खिचेको तस्बिरमा भूकम्पको डरले जाजरकोट सदरमुकाम खलंगा बजारमा सडकमै बसेका स्थानीय देखिन्छ ।

Royal Enfield Island Ad

bhukampa-tras-jajarkot2-1699108501.jpg

तस्बिर : सुरेश आचार्य/रासस ।


केसी र आचार्यका अनुसार बालबालिका र महिलासहितका स्थानीय भूकम्पको त्रासले सडकमै बसेका छन् ।

सो भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

amdg-1699108710.png

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro