site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते
तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । भूकम्पमा परी १६६ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो साढे ३ बजेसम्मको अपडेटअनुसार भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ । ८१ जना घाइते छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । ८५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu