site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोटमा फेरि धक्का, १७५ भन्दा धेरै परकम्प
SkywellSkywell

काठमाडौं । जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ ।

शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Dabur Nepal
NIC Asia

केन्द्रका अनुसार यो धक्का शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको परकम्प हो । सो भूकम्पछि हालसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मुख्य भूकम्पपछिका सबै धक्का परकम्प हुन् । यीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले बाह्रखरीलाई जानकारी दिए ।

जाजरकोट भूकम्प : विज्ञ भन्छन्– सचेत गरायो, महाभूकम्पको जोखिम टरेको छैन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu