site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

नेपालको पश्चिमी भेगमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी भूकम्पविद्हरूले दिँदै आएका थिए । त्यस्तो चेतावनीलाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएन । पलस्वरूप, जाजरकोटमा शुकवार राति गएको भूकम्पबाट अहिलेसम्म १३६ जनाको ज्यान गएको छ भने घाइतेको सङ्ख्या पनि ठूलै छ ।

जाजरकोटको बारेकोट - १, रामीडाँडा केन्द्रविन्दु भएको ६.४ म्याग्निच्युडको भूकम्पबाट   जाजरकोटमा र रुकुम ९पश्चिम०मा ठूलो क्षति भएको जानकारी आएको छ । त्यस क्षेत्रको भौगोलिक अवस्था र बसोवाससमेत हेर्दा क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्नेछ ।

यसैले सरकारले जानकारी पाएको भन्दा ठूलो सङ्ख्यालाई लक्षित गरेर उद्धार र आकस्मिक सहायताको तयारी गर्नुपर्छ । प्राकृतिक विपत्तिपछि खान नपाएर कोही नमरुन् र फोहोर पानीका कारण बिरामी नपरुन् भनेर पहिलो ध्यान दिनुपर्छ । घाइतेको उपचारको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्छ ।

उद्धार र आकस्मिक सहयोगमा प्रशासनिक झन्झट हुन नदिन राजनीतिक नेतृत्व सजग हुनुपर्छ भने पुनःनिर्माण एवं पुनःस्थापनाको चरणमा भेदभाव हुन नदिने दायित्व मूलतः प्रशासनिक कर्मचारीको हो । यसैगरी मानवीय सहायताका अवस्थामा सामाजिक संघसंस्थाका कर्मचारीलाई सरकारले भाँजो नहाली सहजीकरण गर्नुपर्छ ।  

पहिलेका ससाना परकम्प र विशेषगरी बझाङ भूकम्पबाट चर्किएका घरहरू ठूलो धक्का सहन नसकेर भत्के । रातको समय भएकाले धेरै जनाको ज्यान गयो । सरकारले बेलैमा घरहरूको परीक्षण गरेर  जोखिमप्रति सावधान गराएको भए सम्भवतः यति धेरैको ज्यान जाने थिएन ।

गोरखा भूकम्पपछि पुनर्निर्माणको अवसर मूलतः सरकारको अनुदार नीति र कर्मचारीको कामचोर एवं भ्रष्ट प्रवृत्तिका कारण खेर गयो । पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणमा कारिन्दा र कार्यकर्ताले भ्रष्टाचार गरे भने व्यक्तिले समेत राज्यलाई ढाँटेर आफैँलाई ठगे । अब यस्तो नदोहोरियोस् ।

निजी घरहरू पक्की बनाउँदा पनि राज्यलाई फाइदै हुन्छ । सबै आवासीय घरहरूको जाँच गरेर घरहरू जोखिममुक्त बनाउन सहयोग गर्ने अभियान प्रदेश सरकारहरूले नै चलाउनु उचित हुनेछ । भूकम्प पीडितलाई सहयोग गर्न तत्पर अन्तर्राष्ट्रिय समुदायले पनि पुनर्निर्माणका सहयोग गर्नसक्छ ।   

यसैले सरकारले उदार दृष्टिकोण राखेर युद्धस्तरमा उद्धार र आकस्मिक सहायता कार्य सञ्चालन गरोस् । प्रारम्भिक प्रतिक्रिया उपयुक्त नै देखिएको छ । पुनर्निर्माण र पुनःस्थापनाको चरणमा उदारतापूर्वक राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्न सक्नुपर्छ । अब २०७२ को गल्ती नदोहोरियोस् !

बाह्रखरी परिवारका तर्फबाट भूकम्पमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना !


 


 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro