देश
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो । ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३२ जना बढीको ज्यान गइसकेको छ ।
पहिलो भूकम्प गएको करिब १५ मिनेटमै अर्को भूकम्पको झड्का महसुस भएको थियो । १२ बजेर २९ मिनेटमा ४.२ म्याग्निच्युड, त्यसको ६ मिनेटपछि फेरि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०९:५६
प्रतिक्रिया दिनुहोस्