site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताललाई तोकियो डेडिकेटेड अस्पताल 
SkywellSkywell

काठमाडौं । जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाएको छ । 

कोहलपुर मेडिकल कलेजलाई घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका ‘सुपरभाइजर’ नरेश श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए । श्रेठलाई अहिले भूकम्पमा घाइते भएकाको उपचार व्यवस्थापनको फोकल पर्सन तोकिएको छ ।  

Dabur Nepal
NIC Asia

भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । “पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र बस्ने प्रबन्ध मिलाइएको छ,” फोकल पर्सन श्रेष्ठले भने, “घाइतेको उपचारका लागि कुनै कठिनाइ हुने छैन । सबै व्यवस्था मिलाइसकेका छौँ । घाइतेको उपचार पनि सुरु भइसकेको छ । एकजना घाइत आएर उपचार गराइरहनु भएको छ ।” 

हेलिकोप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा दुई/दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । 

रगतको मौज्दात रहेको र अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu