देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका उनले प्रभावकारी उद्धार तथा राहतका लागि अपिल गरेका हुन् ।
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०७:३९
प्रतिक्रिया दिनुहोस्