काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।
मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १६औँ ओभरको पाँचौँ बलमा पाँचौँ विकेट लिएको हो ।
यूएईका अली नासिरलाई कप्तान रोहितकुमार पौडेलले कुशल भुर्तेलबाट क्याच गराए । नासिर चार रनमा पभेलियन फर्किए ।
जारी खेलको १६ ओभर समाप्त हुँदा यूएईले पाँच विकेट गुमाएर १०० रन बनाएको छ ।
आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।