site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई चौथो सफलता, कुशलले लिए पहिलो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १४औँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो । 

Dabur Nepal
NIC Asia

यूएईका आलिसान सराफुलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए । सराफु १६ रनमा पभेलियन फर्किए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा यूएईले चार विकेट गुमाएर ९० रन बनाएको छ । 

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro