site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली सेनाले गाजालाई घेरा हाल्यो

काठमाडौं । इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा घेराबन्दी गरिएको जनाएको छ । योसँगै हमासका सैन्य क्याम्प, हेडक्वार्टर र अरू पूर्वाधारमा आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ ।

सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न रकेट लञ्चर, ट्युनेललगायत हमासका पूर्वाधारमा आक्रमण गरिरहेको इजरायलको भनाइ छ । इजरायल सरकारका प्रवक्ताले युद्धविराम अहिले सम्भव नभएको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अक्टोबर ७ यता तेस्रोपटक इजरायलको भ्रमणमा गएका छन् । अमेरिकाले पनि युद्धविराममा सहमति जनाएको छैन ।

यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभाले इजरायललाई १४.३ अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । डेमोक्रेट पक्षले यो सिनेटबाट पारित नहुने र ह्वाइट हाउसले पनि ‘भिटो’ लगाउने भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजामा इजरायलको आक्रमणविरुद्ध लडिरहेको हमासलाई लेबनानमा आधारित हिजबुल्लाहपछि हुथी समूह पनि समर्थनमा देखिएको छ । मंगलबार हुथी समूहले इजरायलविरुद्ध युद्ध लड्ने घोषणा गरेको बताइएको छ ।

Global Ime bank

तर, इजरायलबाट दुई हजार किलोमिटर टाढा यमनमा रहेको हुथीले प्रत्यक्ष रूपमा ठूलो मद्दत गर्न नसक्ने ठानिएको छ ।

इजरायललले गाजाको स्कुलमा आक्रमण गरी २० जनाको मृत्यु भएको र चार ‘सेल्टर’ ध्वस्त पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अक्टोबर ७ यता इजरायलले गाजामा हवाई र ‘आर्टिलरी’ आक्रमण गरेको छ । गाजामा मृत्यु हुनेको संख्या नौ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासको आक्रमणमा परेर एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको इजरायलले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu