site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पहिलो त्रैमासमा नबिल बैंकको नाफा घट्यो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको तुलनामा नाफा ६.५० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १० करोड २२ लाख रुपैयाँले कमी आएको वित्तीय विवरणमा देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत वर्षको सोही अवधिमा एक अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले तीन महिनामा चार अर्ब १७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले खुद ब्याज आम्दानी बापत तीन अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले सञ्चालन नाफामार्फत दुई अर्ब १२ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्ष सञ्चालन मुनाफामार्फत दुई अर्ब २३ करोड चार लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको खराब कर्जा भने पहिलो त्रैमासमा बढेर ३.६९ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो कर्जा २.३३ प्रतिशत थियो ।

Global Ime bank

बैंकको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ कायम छ । बैंकको जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ कायम छ । गत वर्षको असोज मसान्तसम्म जगेडामा २७ अर्ब सात करोड सात लाख रुपैयाँ थियो ।

बैंकले पुस मसान्तसम्म तीन खर्ब ५३ अर्ब ५६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ कर्जा संकलन गरेको छ ।

बैंकको गत वर्षको तुलनामा ब्याजको स्प्रेड रेट भने घटेको छ । गत वर्षको असोज मसान्तसम्म स्प्रेड रेट ४.०३ प्रतिशत थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो स्प्रेड रेट ३.९९ प्रतिशतमा झरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC