site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१० वर्षपछि विश्वकप खेल्नुअघि नेपाललाई यूएईको चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेट इतिहास हेर्दा नेपाल र मध्यपूर्वमा अवस्थित अरबी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई)ले एकै दशकमा पहिलो पाइला चालेका हुन् । भलै, इतिहास अनुसारको नतिजा नहोला । तर, यूएई र नेपाली क्रिकेट इतिहास करिब चार दशक लामो भइसकेको छ ।

यूएईले सन् १९९४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको नै भारत र पाकिस्तानको खेलबाट थियो । सुरुआतमै विश्व क्रिकेटका दुई हस्ती राष्ट्र भारत र पाकिस्तानसँग खेलेको यूएईले त्यसको दुई वर्षपछि अर्थात १९९६ मा नै एकदिवसीय विश्वकप खेलेको थियो ।

तर, प्राकृतिक इन्धनका लागि विश्व परिचित यो देशले क्रिकेटमा अझै पनि खास प्रगति गर्न भने सकेको छैन । यूएईले दोस्रो पटक एकदिवसीय विश्वकप खेल्न नै १९ वर्ष कुर्नुपर्‍यो । २०१५ को एकदिवसीय विश्वकप यूएईले खेलेको अन्तिम एकदिवसीय विश्वकप हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उस्तै इतिहास रहे पनि अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाइसक्दा यूएई भने अझै एसोसिएट राष्ट्रमा आफूलाई अब्बल बनाउन संघर्षरत छ ।

यूएईको तुलनामा नेपालको क्रिकेट इतिहास केही पिछडिएको देखिन्छ । यूएईले १९९४ मै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्दा नेपालले भने २०१८ मा मात्र सो अवसर पाएको थियो ।

Global Ime bank

यी दुई टिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने एकै वर्ष प्रवेश गरेका हुन्, सन् २०१४ मा । दुवै टिमले बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपबाट क्रिकेटको यो सानो संरचनामा ‘डेब्यू’ गरेका थिए ।

त्यसपछि, यूएईले सन् २०२२ को ट्वान्टी–२० विश्वकप पनि खेल्यो । जतिबेला यूएईले विश्वकपका लागि निर्णायक खेलमा नेपाललाई नै हराएर दोस्रो पटक विश्वकप खेलेको थियो । तर, नेपाली क्रिकेटले भने २०१४ पछि अझै विश्वकपको मञ्च भेट्टाउन सकेको छैन ।

गत वर्षको हार र अहिलेको मौका
सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो । नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो ।

यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । त्यसबेला यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरमा १०७ रनमै अलआउट भएको थियो ।

एकपटक फेरि यही दुई टिम विश्वकप छनोटको निर्णायक खेलमा शुक्रबार भिड्दै छन् । प्रावधान २०२२ को जस्तै छ । फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्नेछन् । तर, यसपटक समूह चरणको नतिजा भने फरक छ । अहिले यूएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

शुक्रबार मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेलमा जित निकाले नेपाल १० वर्षपछि गत वर्षको त्यो नमिठो हारको बदलासहित विश्वकपको मञ्चमा उक्लिनेछ ।

“हामी शान्त रहन आवश्यक छ । मैले भोलिको खेलबारे टिमको आत्मविश्वासमा अहिले नै बोल्नु छिटो होला । तर, विगत एक वर्षमा एकसाथ रहेको हामी सबैले कठिन मेहनत गरेका छौँ । उपलब्ध स्रोतको उच्चतम प्रयोग गरेका छौँ,” सेमिफाइनलमा यूएईसँग खेल्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले भने, “हामीले निश्चित रणनीति कार्यान्वायनमा ल्याएका छौँ । जुन, हाम्रो लागि प्रभावकारी पनि बन्दै आएको छ । त्यसैकारण हामीले आफूमा विश्वास गर्न आवश्यक छ । अब एक दिनको मात्र कुरा हो । हामीले शान्त र एकाग्र रहँदै भोलि प्रदर्शन देखाउन आवश्यक छ ।”

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । यही हारले गर्दा समूह उपविजेता बनेको नेपालले विश्वकपमा छनोट हुनका लागि यूएईको चुनौती पन्छाउन पर्ने भएको हो ।

प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल र ओमान अन्तिम चारमा आउँदा ‘बी’ बाट यूएई र बहराइनले सेमिफाइनल यात्रा तय गरे । दुवै सेमिफाइनल खेल भोलि नै हुनेछन् । नेपाल र यूएईले मूलपानीमा प्रतिस्पर्धा गर्दा बहराइन र ओमान भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितसहित विश्वकपमा छनोट हुने लक्ष्यसाथ उत्रिनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement