site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई माधव नेपालको चेतावनी– खुट्टी देखिसकेका छौँ, अँध्यारो युगमा फर्काउने नसोच्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न चेतावनी दिए ।

“अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ,” उनले भने ।

प्रधानमन्त्री र मन्त्रीले राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन नेता नेपालले आग्रह गरे । 

“देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ? यदि, प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुस् राजनीतिमा, विकल्प दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस्,” उनले भने ।

नभए व्यवस्थामाथि प्रश्न उठाउने अधिकार नरहेको उनको भनाइ छ । “व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार तपाईंलाई छैन । हामीले भोगिसकेका छौँ, खुट्टी पनि देखिसकेका छौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro