site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताको चाहनाविपरीत सरकारले युद्ध दिवस मनाउने गल्ती नगरोस् : पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् । हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर देशमा लोकतन्त्रको सबलीकरण हुन नसक्ने उनको धारणा छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले हिम्मत भए संसद्‌मा ल्याएर बिदा दिने विषय पारित गरेर देखाउन सरकारलाई चुनौती दिए ।

“फागुन १ गते युद्ध दिवस मनाउन ठिक लाग्छ भने म सरकारलाई चुनौतीसाथ भन्छु– फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव सदनमा पेस गरोस्, अनि पास गरेर देखाओस्,” उनले भने, “यो निर्णयबाट पछि हटोस् । जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस्, म चुनौती दिन चाहन्छु ।”

Dabur Nepal
NIC Asia

सांसद पौडेलले संसद्को चालु अधिवेशन प्रभावकारी नभएको टिप्पणी गरे । सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको उनको भनाइ थियो ।

“मेरो दाबी छ, संसद् प्रभावकारी हुन्छ कि भन्ने चिन्ता सरकारमा भयो । सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन चाहेन,” उनले भने । सांसदहरूले उठाएको आवाज सरकारले पूर्ण रूपमा निस्तेज गरेको उनले आरोप लगाए ।

चालु अधिवेशनमा कहीँ नभएको अभ्यास गरिएको उनले बताए । प्रधानमन्त्री विदेश भ्रमणमा गएका बेला समेत सरकारले सदन बन्द गर्ने अभ्यास चलाएको उनले उल्लेख गरे ।

“सरकारले एक ढंगले दबाब दियो । यो असंगत अभ्यास हो । अब बुझ्नुहोस्, सत्ताले यो सदनलाई प्रभावकारी बन्न दिन्छ कि दिँदैन,” उनले भने ।

सात महिनामा एउटा ऐन संशोधनबाहेक नयाँ बनाउन नसक्नु, सदनलाई बिजनेस दिन नसक्नु सरकार असफल भएको प्रमाण रहेको उनले जिकिर गरे ।

“ऐन–कानुन निर्माण र बनाउने महत्त्वपूणै अभिभाराबाहेक अन्य कानुन निर्माण हुन सकेन । विधेयकहरू प्रस्तुत हुँदा नहुँदै विवादमा ल्याउने काम भयो । किन सदनमा सात महिनामा एउटा ऐन संशोधन हुन्छ ? किन नयाँ ऐन आउँदैन ? यसको पछाडि को जिम्मेवार छ ? सरकार जिम्मेवार छ । यसले सरकारको नियत स्पष्ट पार्छ,” उनले भने ।

सदनमा जायज माग भन्न र सुनाउन प्रतिपक्षले आवाज उठाएर मात्र नपुगेर वेल घेर्नुपर्ने र दबाब दिनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । प्रतिपक्षले निरन्तर आवाज नउठाएको भए सरकारले सुन तस्करीका विषयमा जाँचबुझ आयोग नबनाई यसलाई रफादफा गर्ने उनले बताए । जाँचबुझ आयोगलाई सहयोग गर्न सरकार उदासीन भएको आरोप पनि उनले लगाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro