खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिए ।
नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’ को विजेता बन्ने लक्ष्यमा छ ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेट र मंगलबार दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ०८:४२
प्रतिक्रिया दिनुहोस्