site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्डमाथि दक्षिण अफ्रिकाको सहज जित 
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डमाथि १९० रनको फराकिलो जित निकालेको छ । 

बुधबार भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रनमै समेटियो । 

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । विल योङले ३३ र डार्यल मिचेलले २४ रन थपे । यसबाहेक, न्युजिल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

KFC Island Ad
NIC Asia

न्युजिल्यान्डलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका केशव महारेजले चार विकेट लिए । मार्को जान्सेनले तीन, गेराल्र्ड कोएट्जीले दुई र कगिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि ओपनर क्विन्टन डी कक र रसी भान डेर डुसेनको शतकप्रेरित दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङमा आएर निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३५७ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनले १३३ रन बनाए । उनले ११८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि ओपनर क्विन्टन डी ककसँग २०० रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको बलियो आधार खडा गरेका थिए । डी ककले ११६ बलमा १० चौका र तीन छक्कासहित ११४ रन बनाए । 

यसबाहेक, डेविड मिलरले ५३, कप्तान टेम्बा बवुमाले २४ हेन्रिक क्लासेनले १० रन थपे ।

न्युजिल्यान्डका टिम साउदीले दुई विकेट लिए । ट्रेन्ट बोल्ड र म्याट हेनरीले समान एक विकेट लिए ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro