राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई लिएर भ्रामक टिप्पणी नगर्न आग्रह गरेको छ ।
माओवादीले ‘सरकारमा रहेको माओवादी सडक संघर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको बताएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १९:२८
प्रतिक्रिया दिनुहोस्