site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज 

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचनको पुनः नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले उनीविरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

शेरचन प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जर भएपछि पनि निरन्तर सीईओ भएको भन्दै उनीविरुद्ध रिट परेको थियो । उनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापाले रिट दायर गरेकी थिइन् ।

दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाइने व्यवस्था रहेको भन्दै शेरचनको नियुक्ति त्यसविपरीत रहेको थापाको जिकिर थियो । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिन वा लिन कुनै बाधा नपुग्ने सुविधा दिएको थियो ।

सेन्चुरी बैंकलाई गाभेपछि सञ्चालक समितिले शेरचनलाई पुनः सीईओमा नियुक्ति दिएपछि थापा अदालत पुगेकी थिइन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro