site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डलाई दक्षिण अफ्रिकाबाट ३५७ रनको लक्ष्य, दुई ब्याटरले बनाए शतक 
SkywellSkywell

काठमाडौं । ओपनर क्विन्टन डी कक र रसी भान डेर डुसेनको शतकप्रेरित दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डविरुद्ध ३५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३५७ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनले १३३ रन बनाए । उनले ११८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि ओपनर क्विन्टन डी ककसँग २०० रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको बलियो आधार खडा गरेका थिए । डी ककले ११६ बलमा १० चौका र तीन छक्कासहित ११४ रन बनाए । 

यसबाहेक, डेविड मिलरले ५३, कप्तान टेम्बा बवुमाले २४ हेन्रिक क्लासेनले १० रन थपे । न्युजिल्यान्डका टिम साउदीले दुई विकेट लिए । टे«न्ट बोल्ड र म्याट हेनरीले समान एक विकेट लिए ।

विश्वकपमा एक खेलमा मात्र हार बेहोरेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट आठ अंक जोडेको न्युजिल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu