
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका साझा एजेन्डाबारे छलफल गर्ने एउटा फोरमको आवश्यक रहेको बताएका छन् । बुधबार नेकपा (एमाले)ले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले मुलुकको अवस्थाबारे सबै दलहरूले सामूहिकरूपमा छलफल गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा सञ्चारकर्मीले कांग्रेसको चियापानमा रास्वपाका नेताहरू थोरैजना सहभागी भएको तर एमालेको चियापानमा धेरै सहभागी भएको दाबीसहित एमालेसँगको सामीप्यबारे प्रश्न राखेका थिए । तर, रविले सञ्चारकर्मीको भनाइको खण्डन गरे ।
"त्यस्तो त भन्नुभएन । अहिले हामी सबै समितिबाट सँगै आएकाले परेको होला, त्यस्तो होइन । हामी कांग्रेसकोमा पनि धेरै थियौँ । कि संख्या गनेर कांग्रेससँग विशेष सामिप्यता भन्नुपर्यो, त्यहाँ अलि धेरै नै थियौँ जस्तो लाग्छ," रविले जवाफ दिए ।
उनले आफूहरू जन्मका हिसाबले नभई विचारका दृष्टिकोणले नयाँ भएको पनि दाबी गरे । आफूहरू शान्ति र समृद्धिकै पक्षमा रहेको उनको भनाइ छ ।