site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा
SkywellSkywell

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले लगातार चार खेलमा हार व्यहो¥यो । मंगलबार बंगालदेशविरुद्ध भने सात विकेटको सहज जित निकाल्यो । 

विश्व क्रिकेटमा आफ्नो चीर–प्रतिद्वन्दीविरुद्ध खेलिरहेको पाकिस्तानले सात खेलमध्ये निकालेको यो तेस्रो जित हो ।

लगातारको हारले पाकिस्तानी टिम र मुख्यतः कप्तान बाबर आजमलाई चर्को दबाब थपिएको छ । केही पाकिस्तानी क्रिकेट विश्लेषकले त सार्वजनिक रूपमै कप्तान आजमलाई ‘असफल’ बताइसकेका छन् ।

KFC Island Ad
NIC Asia

हुन् त आजमको यस विश्वकप प्रदर्शनले पनि उनीहरूको धारणालाई मलजल गरिरहेको छ । जारी विश्वकपमा आजमले सात खेल खेल्दा २१६ रनमात्र बनाएका छन् । हाल विश्वकपमा शतकविहीन आजमको औषत ३०.८५ को मात्र छ ।

यो तथ्यांकले पाकिस्तानको लगातार हारमा आजमको प्रदर्शन पनि जिम्मेवार छ भन्ने देखाउँछ । तर, पाकिस्तानी टिमको खराब लयको जिम्मेवारी आजमलाई मात्र दिन भने पक्कै मिल्दैन । जे होस्, पाकिस्तानी टिम यस विश्वकपमा स्वभाविक लयका निम्ति संघर्षरत छ । 

Royal Enfield Island Ad

सात खेल खेल्दा तीन जितसहित तालिकाको पाँचौँ स्थानमा रहेको पाकिस्तानको सेमिफाइनल सम्भावना अनिश्चित छ । तर, असम्भव भने छैन । लगातार चार हारपछि मंगलबारको जितले आजमको कप्तानीमा रहेको यो टिमलाई केही राहत मिलेको छ ।

बंगलादेशले दिएको २०५ रनको लक्ष्य ३२.३ ओभरमा भेट्टाएका कारण यो जितले पाकिस्तानी टिमका नेट रनरेटमा पनि सकारात्मक सुधार ल्याएको छ । 

कसरी सेमिफाइनल पुग्न सक्छ पाकिस्तान ?
पाकिस्तानी टिमलाई सेमिफाइनल सम्भावना कायम राख्न सबैभन्दा पहिले बाँकी रहेका दुई खेलमा जितको आवश्यकता छ । पाकिस्तानले अझै पनि साविक विजेता इंग्ल्यान्ड र साविक उपविजेता न्युजिल्यान्डविरुद्ध खेल्न बाँकी नै छ । 

आगामी दुई खेलमा जित निकाले पाकिस्तान सेमिफाइनलको दौडमा कायम रहने छ । तर, आजमको टिम अन्य टोलीको नतिजा निर्भर रहनेछ । यसैकारण पाकिस्तानको सेमिफाइनल सम्भावना कठिन छ । अन्य टिमको नतिजा अनुकूल नआए पाकिस्तानको यो विश्वकप यात्रा लिग चरणमै समाप्त हुनेछ । 

पाकिस्तान अन्तिम चारमा प्रवेश गर्नका लागि अस्ट्रेलिया वा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराउनु पर्नेछ । यस्तै, दक्षिण अफ्रिका वा श्रीलंकाले न्युजिल्यान्डविरुद्ध जित निकाल्नु पर्नेछ । यसबाहेक, पाकिस्तानले सेमिफाइनल यात्रा सुनिश्चित गर्न भारतले अबको तीनै खेलमा जित निकाल्न आवश्यक छ । 

जारी विश्वकपमा अपराजित भारतले अब श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ ।

अंक तालिका 
विश्वकपमा अपराजित भारत ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट आठ अंक जोडेर न्युजिल्यान्ड र अस्ट्रेलिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

छैटौँ स्थानको अफगानिस्तानले ६ खेलबाट ६ अंक जोडेको छ । श्रीलंका र नेदरल्यान्ड्स समान ६ खेलबाट चार अंकसहित क्रमशः सातौँ र आठौँ स्थानमा छन् । सात खेलबाट दुई अंक जोडेको बंगलादेश तालिकाको नवौँ र ६ खेलबाट दुई अंक जोडेको इंग्ल्यान्ड तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro