राजनीति
काठमाडौं । संघीय संसद्को जारी अधिवेशन भोलिदेखि अन्त्य गर्ने तयारी भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको हो ।
संघीय संसद् सचिवालय स्रोतले सरकारबाट भोलि अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने आइनसकेको जनाएको छ ।
संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची रहन्छ । यी विषय पनि भोलिको लागि तोकिएको संसद् बैठकको सम्भावित कार्यसूचीमा परेका छन् ।
भोलिको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय पनि परेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १४:०१
प्रतिक्रिया दिनुहोस्