site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजा आक्रमणपछि बोलिभियाले इजरायलसँग तोड्यो कूटनीतिक सम्बन्ध 

काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

इजरायलले गाजामा आक्रमण गरी हजारौँ निर्दोष प्यालेस्टाइनी नागरिकको हत्या गरेको कारण उससँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरिएको बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले बताएका छन् । उनले इजरायलको कदमलाई ‘आक्रामक’ बताएका छन् ।

Dabur Nepal
NIC Asia

बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो, जसले जारी इजरायल–हमास युद्धका कारण इजरायलसँग कूटनीति सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

बोलिभियाले यसअघि गाजामा युद्धविरामको लागि आह्वान गरेको थियो र गाजामा मानवीय सहायता पठाउने घोषणा गरेको थियो ।

गाजापट्टीलाई लिएर बोलिभियाले यसअघि पनि इजरायलसँग सम्बन्ध तोडेको थियो । करिब एक दशक इजरायलसँग सम्बन्ध तोडेपछि सन् २०१९ मा पुनः कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro