site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालले द्वन्द्वको आँधीलाई सफलतापूर्वक शान्त पारेको छ, राष्ट्रसंघ गर्व गर्छ : महासचिव गुटरेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले द्वन्द्वको आँधीलाई सफलतापूर्वक शान्त पारेको बताएका छन् । मंगलबार संसद्को दुवै सदनलाई एकसाथ सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

“तपाईँको देशले द्वन्द्वको आँधीलाई सफलतापूर्वक शान्त पारेको छ । र, युद्धबाट शान्तितर्फ उन्मुख भएको छ,” महासचिव गुटेरेसले भने, “यसमा सहयोग गर्न पाउँदा संयुक्त राष्ट्रसंघ गर्व गर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले शान्ति प्रक्रियालाई टुङ्ग्याउन लागेकोमा उनले खुसी व्यक्त गरे । “तपाईँहरु शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ । संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,” उनले भने ।

संक्रमणकालीन न्याय प्रक्रियाले पीडित, परिवार र समुदायको पीडामा मलम लगाउने भनाइ उनको थियो । उनले थपे, “संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ । तर, यो सजिलो छैन, यो जटिल प्रक्रिया हो ।”

Global Ime bank

मानवअधिकार उल्लंघनका सबै पीडितहरूले न्याय पाउनुपर्ने उनले बताए । “नेपालको प्रगति र समाधान खोज्ने प्रयासको म यहाँ स्वागत गर्दछु । यो प्रक्रियामा नेपाल एक्लो छैन,” उनले भने ।

अन्तर्राष्ट्रिय मापदण्डहरू र सर्वोच्च अदालतको आदेशअनुसार संक्रमणकालीन न्याय टुङ्गाउन उनले सुझाव दिएका छन् । “यसलाई व्यवहारमा उतार्न संयुक्त राष्ट्रसंघ तपाईँलाई सहयोग गर्न तयार छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय