site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

अमरावती (भारत) । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन्, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । तीमध्ये सातजनाको सनाखत भएको छ र अरूको पहिचान हुन बाँकी छ ।”

Dabur Nepal
NIC Asia

यसअघि, इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्रयाक पुनःस्थापनाको काममा ध्यान दिइएको बताएका थिए ।

“उद्धारकार्य अहिले सकिएको छ । हामीले फसेका यात्रीका लागि बस र रेलको व्यवस्था गरेका छौँ । १८ रेल रद्द गरिएको छ र २२ वटा रेलमार्ग परिवर्तन गरिएको छ । हामी आज साँझ ४ बजेसम्म ट्रयाक खाली गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।

उनले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए ।

“सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ । हामीले फसेका यात्रीका लागि रेल र बसको व्यवस्था गरेका छौँ । केही रेललाई रद्द र डाइभर्ट गरेका छौँ । हामीले सहायता डेस्क स्थापना गरेर यात्रीलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ,” उनले भने ।

उनले थपे, “हाम्रा दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन् । साँझ ४ बजेसम्म ट्रयाक सफा गर्ने प्रयास गरिरहेका छन् ।”

आइतबार साँझ विजयनगरममा विशाखापट्टनम–रगडा यात्रीवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro