site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बंगलादेशमा चीनले बनाएको पानीमुनिको सुरुङ सञ्चालनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण एसियामै पानीमुनि निर्माण गरिएको पहिलो सुरुङ सञ्चालनमा आएको छ । बंगलादेशमा पानीमुनि निर्मित सुरुङमार्ग यातायातका साधन चलाउन गएको शनिबारदेखि सञ्चालनमा ल्याइएको हो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गरिन् । बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना, चिनियाँ राजदूत याओ वेन सहभागी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

यो दुई पक्षका नागरिक, व्यापार र पर्यटनका निम्ति ठूलो अवसर भएको बंगलादेशी बताउँछन् । यो चीन र बंगलादेशका निम्ति सहकार्य झनै बढाउने अवसर भएको स्थानीय आनन्द बरुआले बताए ।

Global Ime bank

सुरुङले प्रस्तावित एसियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ । यसले चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय सहर कक्सबजारसम्मको दूरी ४० किलोमिटर घटाउनेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement