देश

काठमाडौं । सोलुखुम्बुमा हत्याको आरोपमा दुईजना पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका–२, पेल्माङका ५० वर्षीय शीतलबहादुर राईको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ छन् । मादकपदार्थ सेवनपश्चात् वादविवादसँगै झै–झगडा हुँदा शीतलबहादुरको मृत्यु भएको सूचनापछि प्रहरी टोली खटिएको थियो ।
झै–झगडामा संलग्न धरनबहादुर र समितलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८० १६:०७
प्रतिक्रिया दिनुहोस्