site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरा महानगरको ३५ दिने सूचना– फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउनू 

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन निर्देशन दिएको छ । ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरले तोकिएको समयभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो । 

“पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा भित्र) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पूर्णरुपमा हटाउनु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,” महानगरले सूचनामा भनेको छ । 

३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले बताएको छ । 
IMG-20231027-WA0000-1698455485.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro