site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई हराउँदै यूएईले जित्यो उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोमाञ्चक फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै नेपाल त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि युनाइटेड अरब इमिरेट्स (यूएई) ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

यूएईलाई जितका लागि अन्तिम ओभरमा सात रनको आवश्यकता थियो । नेपालबाट बलिङका लागि आएका करण केसीको पहिलो बलमा यूएईका बसिल हमेदले दुई रन लिए । करणले दोस्रो बल डट फ्याके ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो बलमा बसिलले एक रन हुँदा त्यसपछिको बल वाइड भयो । चौथो बलमा अफ्जल खानले एक रन लिएपछि यूएईलाई अन्तिम दुई बलमा दुई रनको आवश्यकता थियो । तर, पाँचौँ बलमा बसिल हमेदले छक्का प्रहार गर्दै यूएईले शृंखलाको उपाधि टिमलाई दिलाए ।

Nepal-&-UAE1-1698399130.jpg

Global Ime bank

यूएईको जितमा कप्तान मुहम्मद वसिमले २२ बलमा सात चौका र दुई छक्कासहित ४५ रन बनाए । वसिमले पहिलो विकेटका लागि आर्यन्स शर्मासँग ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै यूएईलाई आक्रामक सुरुआत दिलाएका थिए । आर्यन्सले २५ रन थपे ।
    
भ्रित्या अरविन्दले २६ र आलिसान सरिफुले १३ रन बनाए । यूएईबाट ‘म्याच विनर’ बनेका बसिल हमेदले १६ बलमा दुई छक्कासहित २२ रन जोडे । अली नासिरले ११ रन थपे ।

नेपालका गुल्सन झा र अभिनास बोहराले समान दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । नेपाललाई अर्को एक विकेट भने दीपेन्द्रसिंह ऐरीले रनआउटमार्फत दिलाए ।

त्यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा ग¥यो।

भुर्तेलले ५० रन बनाए । उनले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो छैटौँ अर्धशतक हो ।

उनले पहिलो विकेटका लागि आसिफ शेखसँग पाँच ओभरमा ४३ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, त्यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन । आसिफ सात रनमा आउट भएका थिए ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन थपे ।

नेपालले पहिलो १० ओभरमा तीन विकेट गुमाएर ९५ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा अन्तिम १० ओभरमा नेपालले ६७ रनमात्र थप्न सक्यो ।

नेपालबाट नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १७ बलमा दुई चौका र एक छक्कासहित २३ रन थपे ।

यूएईका आयान अफजल खानले तीन विकेट लिए । अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनैद सिद्दिकीले एक विकेट हात पारे ।

नेपालमै हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजित शृंखलामा नेपाल र यूएईसँगै हङकङको सहभागिता थियो । शृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो ।

यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको थियो ।

लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement