site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकासँगको हारले इंग्ल्यान्डको अन्तिम चार पुग्ने सम्भावना कमजोर
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकासँग आठ विकेटले पराजित भएसँगै सेमिफाइनलमा पुग्ने इंग्ल्यान्डको सम्भावना कमजोर बनेको छ ।

बिहीबार भारतको बैंगलोरस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा साविक विजेता इंग्ल्यान्डले प्रस्तुत गरेको १५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा पथुम निसांकाले ७७ रन जोडे । उनले ८३ बलमा सात चौका र दुई छक्का प्रहार गरे । सदीरा समराविक्रमाले ५४ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए । कप्तान कुशल मेन्डिसले ११ रन थपे ।

KFC Island Ad
NIC Asia

इंग्ल्यान्डका डेविड विलीले दुई विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो ।

इंग्ल्यान्डका बेन स्टोक्सले ४३ रन बनाए । जोनी बेरोस्टोले ३०, डेविड मलानले २८, मोइन अलीले १५ र डेविड विलीले १४ रन जोडे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका लहिरु कुमाराले तीन विकेट लिए । कासुन रजिथा र एन्जोलो म्याथ्युजले समान दुई र महिस थिक्षणाले एक विकेट लिए ।

जितसँगै पाँच खेलबाट चार अंक जोडेको श्रीलंका तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । श्रीलंकाको सेमिफाइनल सम्भावना कायमै छ ।

श्रीलंकासँगको हारले इंग्ल्यान्डको भने अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको छ । पाँच खेलबाट दुई अंकको इंग्ल्यान्ड नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro